धनगढी । नयाँ वर्षको पहिलो दिन शनिबार कैलालीमा विभिन्न पाँच ठाउँमा भएका दुर्घटनामा ७ जना घाइते भएका छन् ।

उनीहरू मध्ये गम्भीर ५ जनाकाे आईसीयूमा जारी छ ।

भजनी नगरपालिका-५ काे हुलाकी सडक खण्डमा घाेडाघाेडी-९ का अनिल चाैधरीले चलाएकाे से७ प २१६४ नम्बरको क माेटरसाइकलले भजनी-८ का रामप्रसाद चाैधरीले चलाएकाे सुपप ०१००१ ह ४०४९ काे इलेक्ट्रोनिक रिक्सालाई ठक्कर दिएकाे थियाे ।

दुर्घटनामा माेटरसाइकल चालक र पछाडि सवार भजनी नगरपालिका -७ का २० सुशील चाैधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूकाे सेती प्रादेशिक अस्पतालकाे आईसीयुमा उपचार भइरहेको छ ।
शनिबार दिउँसो धनगढी उपमहानगरपालिका -१३ काे राजपुरमा माेटरसाइकलकाे ठक्करबाट घाइते ४० वर्षीय कैलाश चाैधरी पनि आईसीयूमा पुगेका छन् ।

धनगढीकै रूपन ओझाले चलाएकाे से५ प ३७६२ नम्बरको माेटरसाइकलले चाैधरीलाई ठक्कर दिएकाे थियाे । उनकाे माया मेट्राे अस्पतालकाे आईसीयुमा उपचार जारी छ ।

लम्कीचुहा-९ मा भारतीय माेटरसाइकलले ठक्कर दिदा साइकल यात्री घाइते भएकी छन् । पूर्वपश्चिम राजमार्गमा राति ९ बजे भारतकाे दिल्लीका राकेश कुमारले चलाएकाे डिएल८ एचपीए२९४० काे माेटरसाइकलले लम्कीचुहा-१ बस्ने साइकल यात्री कश्मिरा खत्रीलाई ठक्कर दिएकाे थियाे ।

उनकाे काेहलपुर मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ । माेटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाैरीगंगा नगरपालिका-३ काे झिलमा माेटरसाइकल आफै अनियन्त्रित हुँदा अर्का युवक पनि आईसियूमा पुगेका छन् ।

पूरानाे चाैमालामा २८ वर्षीय नवीन आलेमगरले चलाएकाे से४प ८४९ काे माेटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेकाे थियाे ।

दुर्घटनामा पछाडि सवार चुरे गाउँपालिका- ४ का २७ वर्षका लालबहादुर धामी गम्भीर घाइते छन् । उनकाे निर्सग अस्पतालकाे आईसीयूमा उपचार जारी छ ।
-प्रेसपत्र