पोखरामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा कैलाली जिल्लाको सोरहनपुर गाउँपालिका वडा नं ३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका वडा नं ३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका क्रममा आचार्यको बिहान ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका वड नं ७ बुलौंदीमा आज बिहान ३ः४५ बजे दुर्घटना भएको हो ।

लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र०२-०३४प५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

मृतक दुवैको शव शनिबार दिउसो आफन्तले बुझेको प्रहरी निरीक्षक रानाले बताए । उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा आएका थिए ।