बिर्तामोड । झापाको अर्जुनधारा–३ स्थित अमलडाँगी निवासी ज्योती दर्जी १३ वर्षकी भइन् । उनको यसै वर्ष मात्र प्रेम विवाह भएको उनी बताउँछिन् । गएराति मात्र उनले छोरीलाई जन्म दिएकी छन् ।

प्रत्सव पिडा भएपछि उनी गएराति १०ः१४ मा खुदुनावारी स्वास्थ्या चौकी भर्ना भएकी थिइन् । २०६६ साल चैत्रमा जन्मीएकी ज्योतीले २ केजी २ सय ग्रामको छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनाबारीका प्रमुख डम्बर बल्लभ मिश्रले जानकारी दिए ।

बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज समेत गरिसकेको मिश्रले बताए । ज्योती सहित खुदुनाबारी स्वास्थ्य चौकीमा यसै आर्थिक वर्षमा मात्र १६ जनाले बच्चा जन्माएको प्रमुख मिश्रले जानकारी दिए । कानूनले बाल विवाहलाई बर्जित गरेपनि अज्ञानका कारण नेपालमा बाल विवाह रोकिएको छैन् । जनबोली साभार