लेटाङ मै पहिलो पटक यस्तो कार्यक्रम, २ नम्बर वार्ड कार्यालयले गर्यो आयोजना।

0
28

बुधबारे/लेटाङ नगरपालिका २ नम्बर वडा कार्यलयको आयोजनामा असोज १९ गते “समृद्द वडा निर्माणमा मेरो भुमिका” बिषयक बिचार गोष्ठी तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


वडामा रहेका ईन्जिनियर, डाक्टर, नर्स, प्राधापक, व्यापारी, शिक्षक, पत्रकार, सरकारी कर्मचारी, बैदेशिक रोजगारीबाट दशैमा घर आएका ब्यक्तिलगायतलाई सहभागी गराएर वार्ड कार्यलयले पहिलो पटक कार्यक्रम गरेको हो । मोरङ पाथिभरा ई.स्कुलको प्राङ्गणमा प्रतिनिधि सभाका सदस्य माननीय सासद घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ गा.बि.स. का तत्कालिन अध्यक्ष चन्द्र प्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टीका हेरम्बराज भट्टराई, प्रहरी नायब उपरीक्षक श्याम सारु, पत्रकार नवीन खतिवडा, ईन्जिनियर शैलेश आचार्य, काठमाण्डौ युनिभर्सिटीका उप प्राध्यापक सुबोध लुईटेल, डा. उमेश शाह, लक्ष्मी माबिका प्र.अ. राजेन्द्र खतिवडा, सहकारीकर्मि मनोज अधिकारी, स्थानिय युवाहरु टेक बहादुर राई, राममणी बराललगायतले समृद्द वडा निर्माणमा वडाले गर्नुपर्ने काम र त्यसमा आफुले गर्न सकिने भुमिकाबारे मन्तब्य राख्नु भएको थियो ।


वडा सचिब सुर्य बहादुर महतराको सचालन र वडा सदस्य मेनुका सुबेदिको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी माननीय सासद घनश्याम खतिवडाले बुढापाकाको अनुभव र युवाको जोसलाई साथमा लिएर वडालाई समृद्द बनाउने काममा लाग्नुपर्ने सुझाब दिनुभएको छ ।

पढाई तथा रोजगारीको लागि वडा बाहिर रहेर दशैको छुट्टिमा घर आएका युवाहरुसङ्ग समृद्द वार्ड निर्माणबारे योजना तथा नया सोचहरु हुने भएकोले उनिहरुसङ्ग हरेक बर्ष बिचार आदान प्रदान गर्ने योजनाका साथ कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले जानकारी दिनुभयो । प्राप्त सुझाबहरुलाई वडाको समृद्दिमा योजना बनाएर कार्यान्वयन गर्ने समेत वडा अध्यक्ष तिम्सिनाले बताउनु भयो ।

यो पनि पढ्नुहोस :  विप्लवलाई प्रधानमन्त्री ओलीको अहिले सम्मकै कडा चेतावनी लुटेरा समूह नाम राख