वडा अध्यक्ष अाफै वेल्चा लिएर बाटो मर्मतमा व्यस्त।

0
64

बिकास अाचार्य

बिहान पख १ ट्याक्टर मिस गिटी सहित हातमा वेल्चा र कोदालो लिएर तीन जना युवा सहित लेटाङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जंग वीर तामाङ ,वडा सदस्य राम चन्द्र भण्डार, महाभारत सामुदायिक वनका अध्यक्ष यज्ञ खजुम, स्थानीय शिक्षक अानन पौडेल लेटाङ हुदै ६ नम्बर बुधबारे जोड्ने मुल सडक अन्तरगत त्रिशूली चोक देखि सुकेचौरी सम्मको कालोपत्रे भत्किएर खाल्डाखुल्डी भएको बाटो मर्मत गर्न व्यस्त देखिन्थे।

अाफु वडा अध्यक्षमा निर्वाचित भएर अाउनु भन्दा कोहि वर्ष अगाडि मात्र बनेको सडक दसौं नजिकिए संगै खराब बाटोको कारण दुर्घटना बढेको र समयमै बाटो मर्मत नगरे ठुलो दुर्घटना हुन सक्ने भन्दै अाफै वेल्चा लिएर सडक मर्मत गरेको वडा अध्यक्ष जंग वीर तामाङ वताउछन।

कानेपोखरी देखि लेटाङ हुदै गुवावारी सम्मको कालोपत्रे केही वर्ष अघि मात्र कालोपत्रे भएको र पछि नगरमा निर्वाचित भएर नगरको बजेट वाट पटक पटक मर्मत सुधारका लागि बजेट व्यवस्थापन गरेर मर्मत गरेको बाटोमा सवारी चलाउन कठिन र जोखिम रहेको र दैनिक २ भन्दा बढी सवारी दुर्घटना हुदा नगरपालिका उदासीन रहेको र हाल कामनै न-लाग्ने गरि भत्किएको सडकलाई सरोकारवाला हरूले पुन-निर्माणको लागि पहल नगरेको,गुणस्तरहिन काम गर्ने  ठेकेदार र निर्माण कम्पनीलाई कार्वाहीको पहल नगरेको भन्दै चर्को गुनासो यात्रु तथा सर्वसाधारणले गरिरहदा लेटाङ नगरपालिका भने कानमा तेल हालेझै भएको छ।

यो पनि पढ्नुहोस :  हेलिकोप्टर दुर्घटना– अन्तिम श्रद्धाञ्जलीका लागि ३ बजेदेखि टुँडिखेलमा