म पनि राष्ट्रघाती ? म पनि सरकार विरोधी ? म पनि राजावादी ?

0
72
  • १३ असोज २०७६

कानुन सधैं राज्यको हातमा हुनुपर्छ, देश र जनताको हितमा हुनुपर्छ । दोषीलाई कार्वाही दिलाउने र निर्दोषलाई बचाउने काम न्यायलयको हो । सुशासन युक्त कानुनी राज्यमा कानुन भन्दा माथी कोहि छैन । न सरकार, न सर्वसाधारण ।

चितवन घटना निन्दनीय छ । व्यक्तिले आफैं कानुन हातमा लिने हो भने कानुनी राज्यको अस्तित्व के ? यदि शाही राष्ट्रघाती/आतंकबादी, कुनै गुप्तचरको एजेन्ट, गणतन्त्रको बिरोधी, राजावादी अभियान्ता भए प्रमाण जुटाएर राज्यको तर्फबाट उचित कानुनी उपचार गरियोस् र ठिगुँराएर जेल हालियोस् ।

तर ज्ञानेन्द्र यदि भ्रष्टाचार विरोधी, सच्चा देशभक्त, कानुन र सिस्टमको अक्षरक्ष पालनाकर्ता, राज्यको हितका निम्ति विद्रोही हुन् भने उनको जिउ ज्यानको संरक्षण गर्ने दायित्व राज्यको हो, सरकारको हो । यसमा दुई मत छैन । सरकार ! चाडों भन्दा चाडों सत्यतथ्य छानवीन होस्, र दोषी जो कोहि भए पनि कडा कार्वाही गरियोस् । म यो चाहान्छु, आम नेपाली यो चाहान्छन् ।

भ्रष्टाचारको बिरोधी त म पनि हो ।

देशमा कडा सिस्टम चाहिन्छ मेरो पनि जोडदार माग हो ।

पौरखी र क्षमतावान युवा देशमै बसेको हेर्ने रहर छ ।

सारा नेपालीले श्रम र पसिनामा रमाएको देख्ने ठुलो मन छ ।

सुन्दर प्रकृतिको खानी नेपाल बिकासले स्वर्गरुपी सजिएको हेर्ने रहर छ ।

वीर गोर्खालीको गाथा ब्युँत्याउदै संसार हल्लाउने चाहाना छ ।

हिमालयको काखमा निदाउने ठुलो रहर छ ।

अनि यी सब सपना देखेकै कारण म पनि राष्ट्रघाती ?

म पनि सरकार विरोधी ?

म पनि राजावादी ?

अनि मैले पनि बलवान् र मसलदारहरुवाट पिटाई खानु पर्ने ?

मेरै देशमा मैले खुलेआम हिड्न नपाउने ? आखिर कहिले सम्म ?

याद राखौं साइन्सले प्रमाणीत गरेको छ कि कुनै बस्तुमा जति धेरै दबाब सिर्जना गरिन्छ, सो बस्तुले बिपरित दिशामा उत्तिकै बल सिर्जना गर्दछ । त्यसैले कुनैपनी मानिसलाई जबर्जस्त बिद्रोही र आतंकबादी बन्न बाध्य नपारौं । यसले देश र जनतालाई कुनै फाइदा गर्दैन । मुलुक पुन संकट र दलदलमा फस्न सक्छ । अनि हाम्रो सरकारले देखेको बिकास र समृद्धिको सपना कहाँ पुग्ला ? हामी साच्चैं गन्तव्यमा पुग्न सक्छौं ? गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।

यो पनि पढ्नुहोस :  अर्को माओवादी जन्मिन सक्छ, झन ठूलो युद्द हुनसक्छ , प्रचण्ड

सुशासन र कानुनी संस्कार सहितको राज्य विकास गर्नु हाम्रो अवको बाटो हो । चाहे सरकार, चाहे जनता सवैले सिस्टम पालना गर्नुपर्छ । कानुनको दायरा भन्दा माथी कोहि छैन । गलत प्रवृत्तीको अन्त्य गरौं । यो अभिभारा हाम्रो कम्युनिस्ट सरकारको हो । बेलैमा सजक र सतर्क बनौं । राष्ट्र निर्माणमा सबैले हातेमालो गरौं ।

मिलन घिमिरेको फेसबुक वालबाट …https://www.facebook.com/milan.ghimire.733