लोपोन्मुख डोरि तानको प्रबर्द्धन गर्दै टग अफ वार लेटाङ

0
69
लोपोन्मुख डोरि तानको प्रबर्द्धन गर्दै टग अफ वार लेटाङ्

मोरङ्गको लेटाङ् नगरपालिकामा नगर स्तरिय विद्यालय डोरि तान प्रतियोगिता हुने भएको छ।

प्राचीन समयमा निकै रुचाइएको डोरि तान खेल लोप हुँदै गैरहेको अवस्थामा खेलको प्रबर्द्धनका लागि प्रतियोगिताको आयोजना गरिएको टग अफ वार संघ लेटाङ्ले जनाएको छ। लेटाङ् नगरका निजि तथा सामुदायिक गरि १६ वटा विद्यालय सहभागी हुने प्रतियोगितामा प्रथम पुरस्कार नगद २० हजार रुपैया र द्दितिय पुरस्कार नगद ८ हजार प्रदान गरिने आयोजक संघका अध्यक्ष सबिन रेगमिले बताए।

साथै बिजेतालाई मेडल, ट्रफीको साथमा प्रथम हुने टिमका खेलाडीहरुलाई निशुल्क कम्प्युटर कोर्स पनि प्रदान गरिने बताइएको छ। प्रतियोगिता भाद्र १३ गते लेटाङ स्थित शान्ति भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा दिनको १२ बजेदेखि हुने आयोजकले बताएको छ। खेल संघले निरन्तर रुपमा आगामी बर्षहरुमा समेत आयोजना गर्दै खेल र खेलाडीको प्रवर्द्धन गरिरहने  उपाध्यक्ष   राजु गौतमको भनाई छ।

डोरि तान खेल १६ विद्यालयका शिक्षक र विद्यार्थीविच नक आउट पद्धतिमार्फत खेलाइने आयोजकले बिहीवार पत्रकार भेटघाटको आयोजना गरि जानकारी दिएको हो। प्रतियोगिताको पुरस्कारको प्रायोजन नवोदय कलेज र यु एन कलेज धरानले गरेको छ भने लेटाङ् नगरपालिकाको विशेष सहयोग रहेको बताइएको छ।  
Attachments area

यो पनि पढ्नुहोस :  थ्री स्टार सेमीफाइलनमा प्रवेश, टाइब्रेकरमा उठायो फईदा