भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला बलिउड अभिनेत्री सनी लियोनी टप ट्रेन्डिङमा पुगेकी छन्।

उनी ट्वीटरको ट्रेन्डिङमा परेसँगै उनका फ्यान यसबारे उत्सुक बनेका छन्। मतगणनाको समयमा चुनावमासमेत नउठेकी लियोनी ट्रेन्डिङमा पर्नु अन्यका लागि पनि आश्चर्यको विषय बनेको छ। साथै, बिहीबार लियोनीको न जन्मदिन हो न उनको कुनै फिल्म नै रिलिज हुँदैछ।

उनी कुनै उम्मेदवार र फिल्म रिलिजका कारण नभई लोकसेवा चुनावबारे बोलरहँदा एक न्यूज एङ्करले सनी देवल भन्नुपर्नेमा सनी लियोनी भनिदिएका कारण ट्रेन्डिङमा परेकी हुन्।

ती एंकरले सनी देवलको ठाउँमा लियोनी भनिदिएपछि उक्त भिडियो सामाजिक सञ्जाल ट्विटरमा भाइरल बन्यो। त्यही कारण उनी ट्रेन्डिङमा आएकी हुन्।

यो पनि पढ्नुहोस :  दुर्घटनामा पर्यो विमान, सवार सबैको गयो ज्यान