चितवन टाँडीमा गोली चल्यो, प्रहरी चौकीमा समेत आक्रमण

0
92

विहिवार साँझ इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी चौकीमा तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ ।
मृत्यु हुनेमा पदमपुरका चौधरी थरका व्यक्ति रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको केसमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् ।
कालिका नगरपालिका वडा नं। १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट ९कमिज० मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले पाँचरसात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।
प्रहरीले बल प्रयोग गरी राजमार्ग नियमित गराएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।H khabar

यो पनि पढ्नुहोस :  प्रि.मनसुन सुरु, पहाडी भेगको मौसम प्रभावित बनिरहने