चिया मजदूर सडकमा सुतेर ज्याला माग गर्न बाध्य

0
103

सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदूरले सडकमा सुतेर ज्याला माग गरेका छन् । आन्दोलनको ३८औँ दिन चिया मजदूरले झापाको विर्तामोडस्थित मुक्तिचोकमा १२ देखि २ बजेसम्म सडकमा सुतेर ज्याला माग गरेका हुन् । आन्दोलनको कार्यक्रमअन्तर्गत झापा र इलामका करीब तीन हजार चिया मजदूरले न्यूनतम ज्यालाको माग गर्दै सडकमा सुतेर आन्दोलन गरेको अखिल नेपाल चिया मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष सीता सापकोटाले बताए ।
‘आन्दोलनको आज ३८ दिन भइसक्यो, हाम्रो मागका बारेमा कहीँकतैबाट सुनुवाइ भएको छैन’, माग पूरा नभएसम्म चिया मजदूरको आन्दोलन कुनै पनि हालतमा नरोकिने उनले बताए । सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै गत चैत १७ देखि आन्दोलित बनेका चिया मजदूरको दैनिकी कष्टकर बन्दै गएको छ । नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए । आन्दोलन थालेयता मजदूरको दैनिकी कष्टकर बन्दै गएको उनले बताए । सरकारको निर्णय कार्यान्वनका लागि एक महीनाअघिदेखि आन्दोलनरत चिया मजदूरको आन्दोलन अब सरकार केन्द्रित हुने उनले बताए । ‘हामीले ज्यालाका लागि व्यवसायी केन्द्रित आन्दोलन गरिरहेका छौँ’, उनले भने, ‘अब हाम्रो आन्दोलन सरकार केन्द्रित हुनेछ ।’
सरकारले नै तोकेको ज्याला पाउनका लागि चिया मजदूरले भोकभोकै कठोर आन्दोलन गरिरहेका छन् । ‘कि सरकारले मजदूरको आन्दोलन नाजायज छ भन्नुप¥यो, कि त आफूले गरेको निर्णय कार्यान्वयन गराउनु प¥यो’, मजदूर नेता तामाङले भने, ‘कि त सरकारको निर्णय नमान्नेलाई कारवाही हुनुप¥यो ।’ झापाको राज टी स्टेट र ज्यामिरगढी टी स्टेटले सरकारले तोकेको ज्याला दिन थालेका छन् ।
झापामा मात्र फ्याक्ट्रीसहितको २७ वटा ठूला चिया बगान छन् भने ३०० वटा सानाठूला चिया बगान रहेका छन् । चिया उद्योगी तथा बगान मालिकले विभिन्न बहाना देखाएर सरकारले तोकेको ज्याला दिन नसक्ने जनाउँदै आएका छन् । झापा, इलाम, पाँचथर, धनकुटालगायत जिल्लामा सञ्चालित चिया बगान र कारखानामा कार्यरत ५५ हजारभन्दा बढी चिया मजदूर काम छोडेर अधिकारप्राप्तिको आन्दोलनमा होमिएका छन् k khabar bata

यो पनि पढ्नुहोस :  QAA टोलीद्वारा सुकुना बहुमुखी क्याम्पसमा अनुगमन