भ्रमहरुको स्क्याण्डल र सत्यता माथिको ओभरस्याडो ः सुकुना

0
113

प्रदेश नं १ कै उत्कृष्ट सुन्दरहरैचा,मोरङमा अवस्थित सुकुना बहुमुखी क्याम्पस पछिल्लो समय सत्यता र भ्रमबिचको युद्धमा फस्न पुग्यो।धेरै टाढाको भूगोलबाट पनि गुणस्तरीय शिक्षाकै निम्ति केन्द्र बनेको यस क्याम्पसमा आउने विद्यार्थी अन्योल र आश्चर्यमा केही दिन रहे। भ्रमको भुमरीमा घुमिरहेका विद्यार्थी साथीहरूलाई वास्तविकता बुझाउन विद्यार्थी नेताको तर्फबाट नि आवश्यक छ।

चुरो कुरा नेपाली काङ्ग्रेस निकट नेविसंघले केही दिन यता दोहोरो सुविधाको मुद्दा रटिरहयो ।कसैको व्यक्तिगत स्वार्थ पूरा नभएको निहुमा नेविसंघले गोटि बनेर भुमिका खेल्यो।शिक्षा ऐन राम्ररी अध्ययन नगरिकन साथीहरूले जे पढाईएको छ त्यसैलाई घोकी रहनु भयो।एकतर्फी प्रावधान के छ भनेर मात्रै उहाँहरुले हेरिरहदा त्यसमा अन्य कुनै प्रावधान बाझ्छ कि बाझ्दैन भन्ने कुराको नि ख्याल गर्न जरुरी छ।

सुरु देखि विकसित भएको घटनाक्रम हेर्दै जादा सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पकड रहेको कारण त्यसलाई भत्काउन नेविसंघ राजनीतिक हिसाबले लाग्नु स्वभाविक नै थियो।तर ल
तर पछि विध्यार्थीका एजेन्डा बाहिर गएर साथीहरुले अन्य राजनीति स्वार्थ पूरा गर्ने हिसाबले आन्दोलन छेड्नु भयो।यो नै आन्दोलन तुहिनुको मुख्य कारक बन्यो।
कुनै अमुक व्यक्ति लाई क्याम्पसमा अध्यापन गर्न नदिईएको निहुँमा शिक्षक जस्तो गरिमामय पेशालाई राजनीतिक आवरण दिएर भागभण्डा हुनुपर्छ भन्दै आएको नि सुनिएको छ।
दोहोरो सुविधाको भ्रम छरेर तत्काल नै क्याम्पसका शिक्षक हरुले राजिनामा गर्नु पर्ने अत्यन्त सस्तो र हलुका कुरा गरियो जसले प्राज्ञिक क्षेत्रमाथी आच पुर्याएको छ।

क्याम्पसको हिजोको पृष्ठभूमि अध्ययन नगरीकन अथवा बुझ्नेले पनि बुझ पचाएर गरेको बौद्धिक क्षेत्रमाथिको भद्दा आक्रमणले क्याम्पसको गुणस्तरीयता र अस्तित्व माथी नै गम्भीर प्रश्न खडा गरिदिएको छ।क्याम्पसमा रहेका विद्यार्थिका मुल समस्याहरु तथा एजेन्डालाई तोडमोड गरेर पहिलो प्राथमिकतामा बाहिर फरक राजनीतिक आस्था राखेकै भरमा शिक्षक हरुले राजीनामा दिनु पर्छ नभए गलहत्याएर निकालिन्छ भन्ने अभिव्यक्तिले शिक्षक हरुको शैक्षिक योग्यता,अनुभव,क्षमता माथी नै प्रश्न चिन्ह मात्रै नभई क्याम्पस यहाँ सम्म ल्याउन आफ्नो जिवनको आधा समय दिने प्राज्ञिक व्यक्तित्व माथी नै जिवनको अर्थहिनता देखाउन खोजियो।

यो पनि पढ्नुहोस :  लैङ्गिक फरक भएकै कारणले महिलाहरूमाथि भेदभाव नगरियोस् – कविता शर्मा

हिजोका कष्टकर क्याम्पस सन्चालनका दिनहरुमा तलब नै नलिई सेवा दिनुहुने शिक्षकहरू,उर्जाशिल समय क्याम्पस को लागि खर्च गर्नु हुने व्यक्तिहरु,शिक्षा प्रेमी,स्थानीय समाजसेवीप्रतिकै अपमान हुने गरि गरिएको साथीहरूको गतिविधिले विध्यार्थि आन्दोलनको मुल मर्म लाई कता तिर लैजालारु
QAA प्राप्त गर्नु चानचुने कुरा होइन अझ यसलाई निरन्तरता दिईराख्नु झन् कठिन कुरा हो।प्रत्येक पाँच वर्षमा नविकरन गरिराख्नु पर्ने QAA आफ्नै शिक्षककै खैरो खन्दै,कुटपिट गर्दै कायम रहन सक्लारु
गरिबका छोराछोरी देखि कुना कन्दरा देखि आएका विध्यार्थी हरुमा आफ्नै शिक्षककै कुप्रचार गर्दै उक्त क्याम्पसमै राजनीति गर्नु नैतिकताले देला कि नदेलारुकुन शिक्षकले खाली समयमा ज
कहाँ कहाँ पढाउँछन्रुयसरी सबैमा ज्ञान बाँड्न पाईन्छ कि पाईदैनरुकुन शिक्षकले समोसा खायो कि चिया जस्ता मुद्दा हरु लिएर आन्दोलन चर्काउदा नेविसंघ साथीहरूलाई ग्लानी हुन्छ कि हुदैनरु
शिक्षकका यस्ता व्यक्तिगत कुराहरुले कक्षाकोठामा कति प्रभाव परेको छ…शिक्षण विधिमा कति ह्रास आएको छ …क्याम्पसका सुविधाहरुमा कहाँ कहाँ असर परेको छरुयस्ता प्रश्नहरुको जवाफ आन्दोलनरत साथीहरुले दिनु जरुरी छ।समयले अब उतर मागेको छ।

शान्तिपुर्ण आन्दोलनको नाममा क्याम्पसका कर्मचारी,शिक्षकहरु माथी दुर्ववहार गरिएको घटनाले आम विध्यार्थि हरु विक्षिप्त देखिएका छन् र मनोबैज्ञानिक त्रासमा उनिहरु छन्।अब यसको समाधान के हुन सक्लारुके राजनीतिक दलको आधारमा शिक्षकको भागभण्डा यसको समाधान होरुशिक्षा ऐनको जथाभावी व्याख्या यसको मर्म होरुविद्यार्थी सङग सरोकार नै नराख्ने मुद्दाहरु राजनीतिक दलको ईसारामा उठाउनु विद्यार्थी आन्दोलन होरुयसको जवाफ साथीहरू सङग छ कि छैन।भ्रमहरुको scandal ले सत्यतालाई overshandow गर्न खोजिए हामी सबै सरोकार वाला पक्ष प्रतिवाद गर्न तयार रहनु पर्दछ।

नवीन गिरि
बेलबारी, ५,मोरङ
सुकुना बहुमुखि क्याम्पस स्ववियु सदस्य