साच्चै बोक्सी छन् भने मलाई खाएर देखाऊ– प्रधानमन्त्री ओली

0
169

अनुपम न्यूज २६ ,फागुन
नेपाली समाज अझै पनि कुरीति कुसस्कार रअन्धबिश्वासबाट मुक्त हुन सकेको छैन यसै कुरालाई इङकीत गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा व्याप्त अन्धविश्वास हटाउनु पर्नेमा जोड दिएका छन् ।
अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको भन्दै कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउन आग्रह गरे । गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै भने, ‘यदि कोही साच्चीकै बोक्सी छन् भने मलाई खाएर देखाऊ ।’

‘यदि कोही बोक्सी भएको भए चुनाव नै लड्नु पर्दैनथ्यो । विपक्षीलाई बोक्सी लगाइदिए मात्रै पुग्थ्यो’ उनले अघि भने ।
प्रधानमन्त्री ओलीले गरीबी हटाउन तथा विकास निर्माण अगाडि बढाउन सरकारले काम गरिरहेको बताए । तराई मधेसको विकासका लागि सरकारले निजगढ(काडमाडौं द्रुतमार्ग, रेलवे, निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायतका परियोजना अगाडि बढाइृको उनले बताए ।
भारतीय बाँधका कारण हुने डुबान समस्या हटाउन भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीअनुसार सर्वेको काम अगाडि बढेको बताए

यो पनि पढ्नुहोस :  एन्सेल बिस्फोट :बिप्ल्व कार्यकर्ता धमाधम पक्राउ