कक्षा ११ र १२ को परीक्षा फारम भर्ने म्याद थपियो

0
196

अनुपम न्यूज, २३ फागुन

कक्षा ११ र १२ को परीक्षा फारम भर्ने म्याद थपिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको हो । बोर्डले जारी गरेको अधिल्लो सूचनाको फारम भर्ने म्याद यहि फागुन ७ गते नै सकिएको तर पनि धेरै बिद्यार्थीको फारम भर्न छुटेको भन्दै बोर्डले आवेदन म्याद थप गरेको छ । फारम भर्न छुटेका बिद्यार्थी तथा बिद्यालयले यहि फागुन २८ गते सम्ममा तोकिएको दस्तुर तिरी फारम बुझाउन सक्ने गरि बोर्डले म्याद बढाएको हो ।

यो पनि पढ्नुहोस :  त्रिवि सेवा आयोग तोडफोड, आयोगका अध्यक्षको कुर्सी जलाइयो