थ्री स्टार सेमीफाइलनमा प्रवेश, टाइब्रेकरमा उठायो फईदा

0
136

अनुपम न्यूज, २३ फागुन
थ्रि स्टार क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । थ्रि स्टारले विभागीय नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ३–० गोल अन्तरले पाखा लगाउदै सेमीफाइनलको यात्रा तय गरेको हो ।
अव थ्रि स्टार र झापा ११ को भेट हुने छ । निर्धारित ९० मिनेटमा खेल बराबरीमा टुङ्गीए पछि टाइब्रेकरबाट नतिजा फाइनल भएको थियो । टाइब्रेकरमा थ्रि स्टार क्लबका बिजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरे ।
पुिलसका अजित भण्डारी र भरत शाहको प्रहार थ्रि स्टारका गोल रक्षक एलेन न्यौपानेले बचाए । रवि पासवानको प्रहार आकाशियो । एलन खेलको म्यान अफ दी म्याच घोषित भए ।
बिहिबारको खेल क्यामरुनको दाउफिन्स फुटबल क्लब र रुपन्देही ११ बीच हुने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस :  काठमाडौं गोल्डेन्सद्वारा डिपिएल खेल बहिस्कर