विनोद चौधरी फोर्बस्को धनी व्यक्तिको सूचीमा पुनः अटाए

0
178

नेपालका विनोद चौधरी फोर्बस्को विश्वका धनी व्यक्तिको सूचीमा पुनः अटाएका छन् । 

विश्वका २१ सय ५३ अर्बपतिमध्ये चौधरी फोब्र्सको १३ सय ५९ औं स्थान बनाउन सफल भएका हुन् । गत वर्षभन्दा २ सय १४ स्थान माथि उक्लिने क्रममा २० करोड अमेरिकी डलरबराबरको सम्पत्ति थपेको फोर्ब्सले जनाएको छ ।

आजको डलर विनिमयअनुसार चौधरीको सम्पत्ति २२ अर्ब ६५ करोड रुपैयाँ बढेको हो । चौधरीका १ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् झण्डै १ खर्ब ९२ करोड नेपाली रुपैयाँ सम्पत्ति रहेको फोब्र्सको भनाइ छ ।

चौधरी सीजी कर्प ग्लोबलका प्रमुख हुन् भने नेपालमा नबिल बैंकमा समेत उनको स्वामित्व छ । त्यस्तै चौधरी ग्रुपमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालन समेत गर्दै आएका छन् ।

चौधरी नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधिसभाका सांसद समेत हुन् ।

यो पनि पढ्नुहोस :  दार्चुलामा ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना निर्माण हुने