यी हुन पर्यटनमन्त्री भएपछि रवीन्द्रले गरेका महत्वपूर्ण काम

0
138
?????????????????????????????????????????????????????????

अनुपम न्यूज, १७ फागुन
विसं २०७४ को सङ्घीय संसद्‌मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी मन्त्रीका रुपमा २०७४ चैत २ गते नियुक्त भएका थिए । मन्त्री बनेका अधिकारीले असम्भव बनिसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आश्चर्यजनक रुपमा अघि बढाए । जसको काम आगामी भदौमा सम्पन्न भई सन्चालनमै आउने अवस्था बनेको छ ।
पर्यटन प्रवर्द्धन र विमानस्थल सुधार तथा विस्तारका काममा आफूलाई सम्पूर्ण रुपमा समाहित गरेका थिए । देशको समृद्धिका लागि पर्यटन विकास र पर्यटन विकासका लागि विमानस्थल सुधार तथा विस्तारमा लागिपरेका थिए ।
उनले नेपाल भ्रमण वर्ष २०२० को आधार तयार पारेका थिए । उनले आफ्नो कार्यकाल अवधिमा नेपालमा सर्वाधिक पर्यटक नेपाल भित्रिए सफल भए । सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आएका छन् ।
उनी मन्टियल सन्धि संसद्बाट पास गराएर कार्यान्वयनमा ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुग्यो ।
उनका थुप्रै गुणलाई भन्दा एउटा कमजोरीलाई महत्व दिएर सामाजिक सञ्जालमा उछित्तो काढ्नु संकुचित सोच हो, भड्किएको मानसिकता हो ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टा सन्चालमा ल्याउनका साथै त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन सहजीकरण गरेका छन् । साथै यही चैतबाट उक्त विमानस्थललाई नयाँ कालोपत्रे गरेर स्तरोन्नति गर्ने काम थाल्ने उनको योजना थियो, जुन अधुरै रह्यो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडो निर्माण गरेर अन्तर्राष्ट्रिय ट्रान्जिट हब बनाउने, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सम्पन्न गरेर पर्यटक आगमनको ढोका खोल्ने उनका सपना थियो, यो सपना पनि पूरा नहुद ैमन्त्री रबिन्द्र अधिकारी नेपाली आकाशमा बिलाएर गएका छन् ।

यो पनि पढ्नुहोस :  ट्याक्टरमा १२ बर्षे बालकलाई मारेर झुन्डाएको अवश्थामा फेला। ( Photo updates )