विप्लवविरुद्ध आक्रामक बन्दै सरकार, अब के हुन्छ ?

0
198
????????????????????????????????????

अनुपम न्यूज १५ फागुन

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित शीर्ष नेतालाई खोज्न प्रहरीले गोप्य सुरक्षा अपरेसन सुरू गरेको छ ।

विप्लवसँगै शीर्ष नेताहरुको खोजी गर्न र देख्नेबित्तिकै पक्राउ गर्न सरकारकै निर्देशनअनुसार नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको एक कार्यदलले रणनीति बनाइरहेका जनाईएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितपुरको नख्खुमा रहेको एनसेल प्रालिको गेटमा विष्फोट गराउदा एक जनाको मृत्यु र दुईजना घाइते भएपछि सरकारले विप्लवविरुद्ध आक्रामक रुप प्रस्तुत गर्न लागेको हो

उच्च स्रोतका अनुसार ललितपुरमा गराइएको विष्फोटमा विप्लवकै आफन्तको संलग्नता रहेको सूचना प्रहरीले पाएको जनाएको छ ।

यो पनि पढ्नुहोस :  नेपाल प्रहरीद्वारा पत्रकार रवि लामिछाने प्रक्राउ