कुनकुन खानेकुरा एकैसाथ खान नहुदै,जसले स्वास्थ्यमा असर गर्छ– जानि राखौँ

0
294

अनुपम न्यूज, १५ फागुन

खानेकुरामा ध्यान दिन नसक्दा सवास्थ्यमा असर पर्न सक्छ । कुनै खानेकुरा अर्को खानेकुरासँग मिसाएर खानु घातक हुन्छ । के के छन् मिसाएर खान नहुने खानेकुरा जानौँ
१। मासु र मिठाइः मिठाइसँग मासु खानु नराम्रो मानिन्छ । तर, कुखुराको मासु खाएको बेला दुधबाट बनेका खानेकुराहरु खानु हुँदैन । यसले पेटमा समस्या ल्याउन सक्छ ।
२। दुध र दहीः दुधसँग दही मिसाएर खानु स्वास्थ्यका लागि घातक मानिन्छ । दुध र दहीमा हुने तत्वको प्रतिक्रिया शरीरमा नराम्रो हुन सक्छ । दही र दुध सँगै खाँदा पेटमा समेत समस्या हुने विज्ञहरु बताउँछन् ।
३। कोल्डड्रिङ्क्सपछि गुटका वा पान मसलाः यदि तपाइँले कोक फान्टा वा अन्य कोल्ड ड्रिङ्क्स सेवन गर्नु भएको छ भने पान मसला वा गुट्का सेवन नगर्नुस् । पेपरमिन्ट भएको पान मसलासँग कोल्ड ड्रिङ्क्स सेवन गर्नु घातक मानिन्छ । यी दुईको मिश्रण विषाक्त हुने विज्ञहरु बताउँछन् ।
४। प्याज र दुधः प्याज र दुध पनि सँगै सेवन गर्नु हुँदैन । प्याजसँग दुध पिउँदा छालामा समस्या आउन सक्छ । यसले दाद, चिलाउने, एग्जिमा सोराइसिस जस्ता रोग लाग्ने खतरा हुन्छ ।
५। माछा र दहीः दही र माछाको मिश्रण पनि शरीरका लागि घातक मानिन्छ । माछाले पेटमा निक्कै गर्मी गर्ने हुँदा चिसो मानिएको दहीसँग खानु हुँदैन । यसले छालाको रोग लाग्ने र एलर्जी हुने खतरा समेत बढाउँछ ।
६। खाना र फलः खाना खाने समयमा फलफूल सेवन नगर्नुस् । फल सेवन गरेपछि कम्तिमा २ घण्टा पछि मात्र खाना खानु राम्रो हुन्छ । खानामा कार्वोहाइड्रेट बढी हुने र फलमा प्रोटीनको मात्र बढी हुने हुँदा यसले पेटमा सँगै खाँदा एसिडिटी बढाउन सक्छ । यसले अपच हुने वा अन्य रोगका खतरा जन्माउँछ ।

यो पनि पढ्नुहोस :  हार्दिक श्रद्धाञ्जली ! पूर्वीय दर्शनका ज्ञाता,वरिष्ठ साहित्यकार तथा पत्रकार आदरणीय मदनमणि दीक्षत !!

८ मासको दाल र दहीः मासको दाल खाएको समयमा दही खानु नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा नराम्रो असर गर्ने विज्ञहरु बताउँछन् । यसबाट मुटुसम्बन्धी बिरामी हुन सक्छ ।