वामपन्थी अगुवा कृष्णदासको निधन

0
109

अनुपम न्यूज, १२ फागुन
नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको शनिबार ८७ वर्षको उमेरमा निधन भएको छ ।
श्रेष्ठको शनिबार दिउँसो आफ्नै निवास शङ्खमूलमा निधन भएको हो ।

कृष्णदास नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेताका नेताका रुपमा परिचित रहेका थिए । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।
उनले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना ९भाग–१०’, ‘लेनिनवादका आधार’, ‘मार्क्सवाद र जातीय सवाल’लगायत मार्क्सवादी पुस्तकको अनुवाद गरेका छन् । दर्जनौँ मौलिक मार्क्सवादी कृति र दर्जनौँ अनुदित मार्क्सवादी दर्शन साहित्य रचना गरेका श्रेष्ठको ‘कार्ल मार्क्सः व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘मार्क्सवाद चिनारी पुस्तकमाला’ जस्ता मार्क्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौं कृति छन् ।

यो पनि पढ्नुहोस :  प्रि.मनसुन सुरु, पहाडी भेगको मौसम प्रभावित बनिरहने