नेपालको पहिलो भूउपग्रह बैशाख ४ मा प्रक्षेपण हुँदै

0
619
satellite-demo-anupamnews

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’ आगामी बैशाख ४ मा अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ ।

• अनुपम न्युज, २०७५/१०/२४

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’ आगामी बैशाख ४ मा अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ ।

नेपालको पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । जापानमा अध्ययन गरिरहेका विद्यार्थी आभाष मास्केले ‘नेपाली स्याट वान’ नानो स्याटलाइट निर्माण गरेका हुन् । अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट उनले बनाएको भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

अमेरिकामा निजी कम्पनी अर्बिटल एटिकेको सिग्नस एनजी इलाभेन मिसनबाट नेपालको पहिलो नानो स्याटलाइट प्रक्षेपण हुनेछ ।

नेपालको सूर्य चन्द्र झण्डा अंकित सो भूउपग्रह प्रक्षेपणका खर्च नेपाल सरकारले व्यहोरेको छ । त्यसका लागि नेपाल सरकारले २ करोड रुपैया खर्च गर्नेछ ।

‘हाम्रो प्रतिक्षाको समय सकिएको छ । अर्बिटल एटिकेले स्याटलाइट प्रक्षेपण गर्ने मिति जानकारी गराएको छ । अप्रिल १७, बैशाख ४ गतेका दिन नेपाली स्याटलाइट अन्तरिक्ष केन्द्रका लागि प्रक्षेपण गरिने तय भएको छ,’ जापानबाट मास्केले भनेका छन् ।

उक्त स्याटलाइट प्रक्षेपण पश्चात् नेपालले अन्य देशको स्याटलाइट प्रयोग गर्दा हुने खर्चमा निकै कमि आई सस्तो सुलभ रुपमा सेवा प्रदान गर्नेछ ।

यो पनि पढ्नुहोस :  ‘उसको यादमा कुरिरा’छु’